४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेलको एनपीएल फ्यान प्याकः निःशुल्क यूट्युबका साथै एनपीएल टिकट पाउन सकिने

नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु थप रोचक बनाउन एनसेलले एनपीएल लक्षित फ्यान प्याक प्रदान गरेको छ । यो प्याक लिने ग्राहकहरूले मैदानमा नै गएर क्रिकेटको भरपुर मजा लिन निःशुल्क टिकट प्राप्त गर्ने अवसर पनि पाउँछन् ।  

एनपीएल फ्यान प्याक संचालनमा ल्याएपछि एनसेलले अहिलेसम्म ५०० भन्दा बढी आफ्ना ग्राहकहरुलाई एनपीएल टिकट वितरण गरिसकेको छ । ग्राहकहरूले निःशुल्क युट्युबमा अनलिमिटेड पहुँचमार्फत अनलाइनबाटै पनि एनपीएलका खेलहरू र यसका अपडेट पनि प्राप्त गर्न सक्छन् ।  

एनसेलले यूट्युबमा अनलिमिटेड पहुँचको अफर सधैं अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको छ । कर सहित रु ३९९ देखि रु १४९९ सम्मका सबै सधैं अनका प्याकहरुमा ग्राहकले अनलिमिडेट यूट्युबको मजा लिन सक्छन् । यसको मतलब यी प्याक लिने ग्राहकहरुले कुनै थप डेटा शुल्कको चिन्ता नगरी जुनसुकै बेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्छन् र साथै यूट्युबमाथिको निःशुल्क पहुँचको फाइदा लिन सक्छन् ।  

एनपीएल फ्यान प्याक लिने ग्राहकहरुले एनसेल एपको स्पिन एन्ड विन फिचरमार्फत एनपीएल खेलहरूको टिकट जित्ने मौका पाउँछन् । सहभागी हुनका लागि, ग्राहकहरूले एनसेल एप, एनसेल वेबसाइट, वा ८१२३८९३ डायल गरेर कुनै पनि एनपीएल फ्यान प्याक ९डेटा वा भ्वाइस० सजिलै लिन सक्छन् ।  

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेल एपमा रहेको स्पिन एन्ड वीनमा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु ५० क्यासब्याक ९१ दिनको समयसिमा०, रु १०० क्यासब्याक ९१ दिनको समयसिमा०, वा १०० अन–नेट एसएमएस ९१ दिनका समयसिमा० पाउँन सक्छन् ।

एनसेलले यो रोमाञ्चक अफर सीमित समयका लागि उपलब्ध छ र एनपीएललाई विशेष बनाउनका लागि यो अफर ल्याइएको हो ।

प्रकाशित: २५ मंसिर २०८१ १७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App