१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

लाइन काटिएका उद्योगमा बिजुली जोडियो

सरकारको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले विद्युत काटेका उद्योगहरुमा पुन: बिद्युत लाइन जोडिदिएको छ। मन्त्रिपरिषद्को निर्देशन बमोजिम प्राधिकरणले उद्योगको लाइन जोडेको हो। 

सरकारको निर्देशनपछि बसेको प्राधिकरणको बोर्ड बैठकले  उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो। बक्यौता नबुझाएको भन्दै प्राधिकरणले गत कार्तिक ८ गते लाइन काटिदिएका २३ उद्योगमा लाइन जोडिदिएको हो। 

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले मंगलबार रातिदेखि नै लाइन जोड्ने काम सुरु गरिएको बताए। 

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

 बक्यौताका विषयमा उद्योगी र प्राधिकरणबीच लामो समयदेखि विवाद हुँदै आएको छ। 

प्रकाशित: २८ कार्तिक २०८१ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App