९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्षमा १२ प्रतिशत कर्जा वृद्धि हुने अवस्था छैन: डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा वृद्धि हुने अवस्था नदेखिएको बताएका छन्।

सोमबार काठमाडौंमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको दसैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन।उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासिकको तथ्याङ्कअनुसार मौद्रिक नीतिमा उल्लेख भएअनुसार कर्जा वृद्धि हुने अवस्था नदेखिएको जानकारी दिए।

डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैङ्कहरूको एनपीए वृद्धि हुँदै जानु गम्भीर विषय भएको उल्लेख गरे। उनले व्यवसायीहरुको मनोबल कमजोर हुँदा लगानी हुन नसकेको  बताए। उनले साढे ११ र १२ प्रतिशत ९६५४ अर्ब० को कर्जा प्रवाह गर्ने मौद्रिक नीतिमा उल्लेख भए पनि पहिलो त्रैमासिकको परिणाम हेर्दा १२ प्रतिशत कर्जा बिस्तार हुनसक्ने नदेखिएको जानकारी दिए।उनले सरकारले बजेटमा परिकल्पना गरेको ६ प्रतिशतको आर्थिक वृद्धि हुन ६५४ अर्बको कर्जा प्रवाह गर्नुपर्ने बताए। 

उनले स्थानीय,राष्ट्रिय अन्तर्राष्ट्रिय,सप्लाई चेन,उपभोक्ताको मागमा कमी भएका कारणले नेपालका व्यवसायीहरूले लगानी गर्न नसकेको धारणा राखे । 

प्रकाशित: १२ कार्तिक २०८१ १९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App