१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटन महोत्सव हुने

काठमाडौं – बज्रयोगिनी मणिचुड पर्यटन महोत्सव–२०७५ वैशाख १ गते हुने भएको छ।काठमाडौंको शंखरापुर नगरपालिका–८, बज्रयोगिनी घुमारचोकस्थित ऐतिहसिक एवं धार्मिक पर्यटकिय क्षेत्र मणिचुडमा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको बज्रयोगिनी मणिचुड पर्यटन प्रवर्द्धन समितिले जनाएको छ।

विश्व सम्पदा सूचिमा सूचिकृतका लागि प्रस्तावित, धार्मिक सहिष्णुताको प्रतिक बज्रयोगिनी मन्दिरको विशेषतालाई उजागर गरी महोत्सव गर्न लागेको समिति सचिव रक्षबहादुर तामाङले जानकारी दिए।

महोत्सवमा स्थानीय तामाङ र नेवार समुदायको झाँकीसहित सांस्कृतिक कार्यक्रम गरिने छ । यस क्षेत्रबाट काठमाडौंको मनोरम दृश्यका साथै विभिन्न हिमालको दृश्यावलोकन प्रत्यक्ष अवलोकन गर्न सकिने छ।

महोत्सवमा बज्रयोगिनीदेखि मणिचुडसम्म बज्रयोगिनी मणिचुड म्याराथन, मणिचुड पौडी प्रतियोगिता र साँढे उचाल्ने प्रतियोगिता हुने छ । उक्त प्रतियोगितामा  प्रथम, द्वतीय, तृतीय हुने विजेतालाई नगदसहित सम्मान गरिने समितिले जनाएको छ ।मणिचुड कुण्डसँगै रहेको साँडे उचाल्दा गानो निको हुने र छोरा पाउने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित: २२ चैत्र २०७४ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App