४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मुलुकमा छिट्टै शतप्रतिशत विद्युतिकरणको घोषणा हुन्छ: कार्यकारी निर्देशक घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन् ।

शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन। उनले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठुलो सफलता नै यही भएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए। उनले वर्षा याममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए। 

कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताए । उहाँले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरूलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको पनि बताए । 

प्रकाशित: १ भाद्र २०८१ १८:४९ शनिबार

#kulman ghising