४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर बजार उकालो लाग्ने क्रम जारी : ४३ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार विहिबारका दिन नेप्से ४३.०५ अंक बढेर३०००.८१ विन्दुमा बन्द भएको छ ।

यो अघिल्लो दिनको तुलनामा १ दशमलव ४५ प्रतिशतले वढि हो। विहिबार तीन सय ३४ कम्पनीको कारोबार भएको छ।

विहिबार तीन सय ३४ कम्पनीको ६ करोड ८९ लाख ८०  हजार ३सय ४६कित्ता शेयर ३ लाख ११ हजार  ५३६ पटक खरिद बिक्री हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २ सय १६ बराबरको कारोबार भएको छ।

त्यस्तै, विहिबारको कारोबारको  दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.९८अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७८ अंकले  वढेको छ ।  

विहिबार १०५ स्टकको मूल्य बढेको छ भने १३७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य  स्थिर रहेको छ।

१३ उपसमूहमध्ये यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.६५ प्रतिशत बढेको छ। सो उपसमूहका सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै परिसूचक पनि उच्च दरमा बढेको हो। त्यस्तै, यस दिन म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.०५ प्रतिशत घटेको छ।

बिहीबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी ईनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने एनएमबि बैंक, ग्लोबल आइएमई बैंक र लिबर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।

सो कम्पनीको यस दिन ९१ करोड ३३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावरको ८३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने अपि पावरको ६५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: ३१ श्रावण २०८१ १५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App