२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तोलामा नौ सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ। सोमबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ।  

प्रकाशित: २५ असार २०८१ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App