स्थानीय बजारमा सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले बढेको हो।
सोमबार छापावाल सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको छ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार र तेजाबी सुनको मूल्य १ लाख ४१ हजार ३०० रुपैयाँ थियो।
यसैबिच चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ। योसँगै चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो चाँदीको मूल्य १८ सय १५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ।
प्रकाशित: १० असार २०८१ ११:१२ सोमबार