२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

श्री डिष्टिलरीको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्टाएको छ । आइपीओ निष्काशनका लागि बिहीबार दुवै कम्पनीबीच सम्झौता भएको छ । 

सम्झौतामा श्री डिष्टिलरी लिमिटेडका तर्फबाट संचालक सनत न्यौपाने र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।  

हस्ताक्षरपछि श्री डिष्टिलरीका संचालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको उल्लेख गरे ।  

यस्तै, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आईपीओ निष्काशनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे ।  

सम्झौतासँगै कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ । प्रक्रिया पुरा गरी चाँडै नै कम्पनीले आईपीओ जारी गर्ने बताएको छ । 

प्रकाशित: ३२ जेष्ठ २०८१ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App