सिटिजन्स बैंक र वीरगञ्जको साई डेन्टल क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले साई डेन्टल क्लिनिकका सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
प्रकाशित: २२ जेष्ठ २०८१ १०:१९ मंगलबार