३ कार्तिक २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा झिनो गिरावट

स्थानीय बजारमा पहेंलो धातु सुनको मूल्य तोलामा एक हजार रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएकोमा आजका सोही परिमाणको सुनको मोल एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ।

यसैगरी तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकोमा आज त्यति नै परिमाणको सुनको मूल्य एक लाख ४० हजार तीन सय निर्धारण भएको छ।

महासंघले चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको बताएको छ। आइतबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज एक हजार आठ सय ३५ मा खरिद–बिक्री भइरहेको छ।

-रासस

प्रकाशित: २१ जेष्ठ २०८१ ११:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App