२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।

भारत, चीन लगायत विश्वका अन्य मुलुकबाट पयर्टक भित्र्याउनका लागि सरकारले विभिन्न रोड सो गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, पर्यटकीय स्थलहरुको प्रचारप्रसारमार्फत् विभिन्न योजनाका साथ पर्यटक भित्र्याइने छ।

बजेटमा नयाँ गन्तव्य पहिचान मौजुदाको विकास र प्रवर्द्धन गर्न गन्तव्य प्रोफाइल बनाइने र पर्यटकको एकद्वार प्रणालीमार्फत सेवा विकास गरिने भएको छ ।

नयाँ गन्तव्यको पहिचान तथा पुराना गन्तव्यको विकास र प्रवद्र्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने उनको भनाइ छ । 

पर्यटकलाई एकद्वार प्रणालीमार्फत् सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने जानकारी दिँदै अर्थमन्त्री पुनले पर्यटन प्रणालीलाई स्वचालिन प्रणालीमा आधारित बनाउने जानकारी दिए ।

 छिमेकी मुलुकहरु चीन र भारतमा पर्यटक लक्षित रोड सो, मेला, महोत्सव जस्ता कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । 

प्रकाशित: १५ जेष्ठ २०८१ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App