१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुजल डेरीको 'रस बदाम ड्रिङ्स' बजारमा

सुजल डेरी प्रालिले नयाँ पेय पदार्थ बजारमा ल्याएको छ । 

'रस बदाम ड्रिङ्स' (Rush Badam Drink) नाम दिएर प्रा.लि.ले बजारमा ल्याएको उक्त पेयपदार्थमा क्यालिफोर्नियाबाट मगाइएको बदाम, केसर र पोखरा आसपासको क्षेत्रबाट संकलन गरिएको दूधको प्रयोग गरिएको छ । 

उच्चप्रविधिउक्त स्वचालित मसिनबाट उत्पादन गरिने यो पेय पदार्थमा प्रयोग भएको केसर, बदाम र दूधको पौष्टिकतत्वले उपभोक्तालाई तागत दिनुका साथै सन्तुष्ट गराउने दाबी सुजल डेरी प्रालिको छ । 

रस बदाम ड्रिङ्सले उपभोक्तालाई सधैं एक्टिभ बनाउने विश्वास व्यक्त गर्दै प्रालिले यो पेय पदार्थले शरिरलाई चहिने उर्जाको पनि पूर्ति गर्ने विश्वास व्यक्त गरेको छ । 

प्रकाशित: ३ जेष्ठ २०८१ १८:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App