३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकको नयाँ वर्षको अफर सार्वजनिक

कुमारी बैंकले ‘नयाँ वर्ष २०८१ जितौं आइफोन १५ एक्कासी’ अभियान सार्वजनिक गरेको छ। बैंकले ग्राहकको डिजिटल बैंकिङ अनुभव अभिवृद्धि गर्ने उद्देश्यले एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्य गरी अभियान सुरु गरेको हो।

अभियानअन्तर्गत बैंकका नयाँ तथा पुराना ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरी पाँच सय रूपैयाँको टपअप र कुनै एउटा डेटा प्याक खरिद गर्दा कुनै एक ग्राहकले आइफोन १५ जित्न सक्नेछ।

यस अभियानमा सहभागी हुन ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्नुपर्ने बैंकले जनाएको छ। बैंकका अनुसार अभियान वैशाख १ देखि ३१ गतेसम्म रहेको छ।

प्रकाशित: ३ वैशाख २०८१ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App