२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज घटेर १ लाख ३६ हजार ६ सय रुपैयाँमा झरेको हो।  

यस्तै,आज तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ३५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता,चाँदीको मूल्य भने आज स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित: २९ चैत्र २०८० ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App