२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चांगान नेपालद्वारा इलेक्ट्रिक एसयुभी सार्वजनिक

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयुभी दिपल एस ०७ सार्वजनिक  गरेको छ। ‘टच द फ्युचर’ ट्यागलाइन भएको दिपल एस ०७ मा दर्जनौं नयाँ फिचर भएको जनाउँदै कम्पनीले र यसले ‘इलेक्ट्रिक मोबिलिटी’को सम्भावनालाई दर्साउने कम्पनीले जनाएको छ।

‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयुभी नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डेपुटी जनरल म्यानेजर गुआनसिन, एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका छन्।

दिपल एस ०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डीम्यापिंग प्रोजेक्सन’ मार्फत गरिएको कम्पनीले जनाएको छ। ६ वटा रङमा उपलब्ध हुने दिपल एस ०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८० ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App