२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्छः ढकाल

फाइल तस्वीर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन।

पोखरामा सम्पन्न गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका अध्यक्ष ढकालले यस्तो बताएका हुन्। गण्डकीमा सम्पन्न सभासँगै सातवटै प्रदेशको वार्षिकसभा सकिएको उनले बताए। महासंघको विधानले माघ मसान्तभित्र वार्षिकसभा भइसक्नुपर्ने उल्लेख गरेकाले त्यसको पालना गर्न सबैको जिम्मेवारी भएको बताए।

ढकालले आफ्नो कार्यकालको पहिलो वर्ष सकिन लागेको र छिट्टै महासंघको वार्षिक साधारण सभा आयोजना गर्ने बताए। उनले महासंघको अध्यक्षको हैसियतमा पहिलो वर्ष नै संकटग्रस्त अर्थतन्त्रको सुधार, लगानी प्रवर्धन र निजी क्षेत्रलाई प्रतिष्ठा प्रदान गर्न धेरै पहल गरेको बताए।

ढकालले विदेशी मुद्रा सञ्चितिमा भएको सुधार र भुक्तानी सन्तुलनलाई आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्ने बताए। ढकालले लगानीको नयाँ वातावरण नहुँदा उद्यमीहरूको मनोबल खस्किएको पनि बताए।

यसैबीच ‘उद्योगहरूले फेरि लोडसेडिङको अवस्था भोग्नु परेको र उद्योगको उत्पादन क्षमता घटेपछि सरकारले नै घाटा बेहोर्ने कुरा सम्बन्धित निकायले बुझेका छैनन्’, उनले बताए।

प्रकाशित: १९ चैत्र २०८० ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App