२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनआइसी एसिया क्यापिटलको नयाँ योजना

एनआइसी एसिया क्यापिटलले ‘सातौं वार्षिक उत्सव: सातै दिन, सातै हप्ता, सातै सेवामा सातै अफर’ योजना सार्वजनिक गरेको छ। 

यसैक्रममा क्यापिटलबाट प्रदान गरिने सात वटा प्रमुख सेवामा सुविधा दिने भएको छ। कम्पनीले ती योजनाहरू फागुन २२ देखि वैशाख ११ गतेसम्म मात्र सञ्चालन गरिने कम्पनीले जनाएको छ। सोहीअनुरूप कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत सात रूपैयाँ लिई एक वर्षको लागि लगानी व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ। 

यस्तै एनआइसी एसिया म्युचुअल फन्ड सेवाअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेट फण्ड’मा सहभागी हुने एकाइ धनीहरूमध्ये सात जना एकाइ धनीले पाँच सय रूपैयाँ बराबरको क्यापिटलको तर्फबाट एसआइपी रजिष्टर गरी पहिलो किस्ता भुक्तानी गरेका एकाइ धनीलाई एसआइपी बुस्टर सुविधा उपलब्ध गराइनेछ।  

प्रकाशित: २३ फाल्गुन २०८० ०८:०९ बुधबार

एनआइसी एसिया क्यापिटल