२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलार्ई सहयोग गरेको छ।

बैंकले ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न र अन्य सामग्री उपलब्ध गराएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्री हस्तान्तरण गरेका हुन्।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताए।

प्रकाशित: ४ फाल्गुन २०८० ०९:४६ शुक्रबार

सिटिजन्स बैंक पुष्पलालचोक विराटनगर महिला जागृति तथा वृद्धा आश्रम सहयोग