१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

टुरिजम अवार्ड हुँदै

नेपालमा पहिलो पटक टुरिजम अवार्ड हुने भएको छ। नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरू मध्येबाट विभिन्न ३१ विधामा टुरिजम अवार्ड प्रदान गरिने भएको हो।

आगामी मार्च १९ मा काठमाडौंमा आयोजना हुने कार्यक्रम ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले गर्न लागेको हो। होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा अवार्ड ट्रफी हस्तान्तरण गरिने कार्यक्रमको नोमिनेसन बुधबारदेखि नै खुला गरिएको आयोजकले जनाएको छ।

नामांकन गरिएकाहरू मध्येबाट सूचीकृत गरिएकाहरूलाई भोटिङ गराएर त्यसको परिणामलाई आधार मानी मूल्यांकनकर्ताहरूले गरेको अन्तिम निर्णयका आधारमा विजेता घोषणा गरिने कार्यक्रम संयोजक प्रमिलाले सापकोटाले बताइन्।

 अवार्डमा सहभागीहरूबाट नामांकन शुल्क नलिने र अवार्ड भोटिङलाई पारदर्शी राख्न तथ्यांक सार्वजनिक रूपमा उपलब्ध गाराइने उनले बताइन्।

प्रकाशित: २ फाल्गुन २०८० ०८:०१ बुधबार

टुरिजम अवार्ड अवार्ड भोटिङ