२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङमा नयाँ अफर

काठमाडौं– मोबाइल कम्पनी सामसङले हालै बन्डलिङ अफर अन्तर्गत ग्यालेक्सी नोट एट स्मार्टफोन खरिदमा विभिन्न फाइदा लिन सक्ने अफर ल्याएको छ।  

यसका ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बिमा पाउनेछन् । यस्तै, एनसेलसँगको सहकार्यमा १६ जिबी फोरजी डाटा सुविधा उक्त अफरमा रहेको कम्पनीले जनाएको छ ।फोरजी डाटा प्रतिमहिना दुई जिबीका दरले आठ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा छ । विभिन्न बैंकबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको कम्पनीले जनाएको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:२६ बुधबार

सामसङमा अफर