३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अमेरिकी लगानी ल्याउन एमच्याम र उद्योग परिसंघबीच सहकार्य

नेपाल र अमेरिका बिच व्यवसायिक वातावरण सुदृढ बनाउनका लागि सहकार्य गर्न अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) र नेपाल उद्योग परिसंघ (सीएनआई) बिच सम्झौता भएको छ।

सम्झौता अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरू बिच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी लगानीकर्ताहरूलाई लगानी सम्बन्धी जानकारी दिने, पारस्परिक उद्देश्यहरू पूरा गर्न नीतिगत सुधारहरूको वकालत गर्ने गतिविधिमा सहकार्य गर्ने, नेपालमा अमेरिकी लगानी बढाउन रणनीतिक गतिविधि सञ्चालन गर्नेछन्।

यस्तै बजारमा आधारित वित्तीय र गैर–वित्तीय सेवाहरूमा पहुँच वृद्धि गर्दै आइटी क्षेत्रहरूका लागि लगानी र व्यवसाय वातावरण सुधारमा काम गर्ने भएको छ।

कार्यक्रममा एमच्यामका अध्यक्ष श्रेष्ठले उद्योगीहरूको साझा संस्था परिसंघसँगको सहकार्यले अमेरिकी लगानी अभिवृद्धि गर्दै मुलुकको अर्थतन्त्रको विकासका लागि प्रभावकारी रुपमा काम गर्ने बताए। साथै परिसंघका अध्यक्ष अग्रवालले यो सहकार्यले नेपाल र अमेरिकालाई व्यवसायिक रुपमा जोड्न पुलको रुपमा काम गर्ने बताए।

यो सहकार्यले ज्ञान सिपको आदानप्रदान, नवप्रवर्तन तथा नयाँ सहकार्यका बाटोहरू खुला गर्ने, विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न, विदेशी लगानी आकर्षित गर्न, औद्योगिक विकासका लागी योगदान गर्न मद्दत गर्ने उनको भनाइ छ।

प्रकाशित: १८ पुस २०८० ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App