२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

यात्रु सुरक्षाका कारण उडान रद्द : बुद्ध

काठमाडौं – निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रु सुरक्षालाई उच्च प्राथमिकता दिएका कारण सोमबार काठमाडौंबाट विराटनगरका लागि हुनुपर्ने सबै उडान रद्द गरिएको जनाएको छ ।

विराटनगर विमानस्थलको ‘भिजिबिलिटी’ सोमबार २ हजार मिटरमात्र रहेको तथा वैकल्पिक विमानस्थलको रूपमा रहेको भैरहवा हुस्सुका कारण बन्द रहेको तथा  नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतका कारण सञ्चालनमा नआएका कारण उडान रद्द गर्नुपरेको बुद्धको भनाइ छ ।

‘सुरक्षित उडानका लागि वैकल्पिक विमानस्थलहरू सञ्चालनमा आएकै हुनुपर्छ,’ बुद्धले मंगलबार जारी गरेको विज्ञप्तिमा छ, ‘सुरक्षित उडानका लागि हामीले यथेष्ट लगानी गरेको कसैसँग लुकेको छैन तर निर्धारित उडान रद्द गर्नु बाध्यता हो । यात्रु सुरक्षाबाहेक अन्य कुनै कारण उडान रद्द गरिएको होइन ।’

बुद्धका अनुसार जाडो मौसममा बाक्लो हुस्सु÷कुहिरो लाग्नु स्वाभाविक हो । यही कारण अप्रत्याशित रूपमा विमानस्थल बन्द हुन पुग्छन् जुन अनुमान बाहिरको कुरा हो । जहाज उडान–अवतरणका लागि पर्याप्त भिजिबिलिटी नहुँदा उडान तोकिएको समयमा नहुनेदेखि रद्द हुने गर्छ । यसबाट यात्रुलाई असहज तथा वायुसेवा कम्पनीलाई यथेष्ठ आर्थिक भार पर्न जान्छ ।

‘भौगोलिक बनावट, साना धावनमार्ग, निरन्तर बदलिँदो मौसम, प्राविधिक उपकरण अभाव लगायत कारण मुलुकभित्र जहाज उडान गर्न निकै चुनौतीपूर्ण छ,’ विज्ञप्तिमा छ, ‘यस्ता अप्ठेरालाई ध्यानमा राखेर हामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार जहाज उडान तथा मर्मतकार्य अद्यावधिक गरिरहेका छौं ।’

 

 

प्रकाशित: १७ माघ २०७४ ०१:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App