१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसेलको इन्टरप्राइज भ्यालु ५३ अर्ब २० करोड

विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्री अपारदर्शी भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला विभिन्न तथ्य उजागर हुँदै आएका छन्।  

आजियटाले स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको एनसेलको ८० प्रतिशत सेयरको इटरप्राइज भ्यालु करिब ४० करोड अमेरिकी डलर अर्थात ५३ अर्ब २० करोड रुपैयाँ रहेको एनसेलले दाबी गरेको छ।  

आजियटाले स्पेक्ट्रलाइटलाई बेस पेमेन्ट बापत ५ करोड अमेरिकी डलर अर्थात ६ अर्ब ६५ करोड रुपैयाँ र सन् २०२९ सम्म थप लाभांश लैजाने गरी खरिद बिक्री सम्झौता गरेको जनाएको छ।  

आजियटाले १ अर्ब ३६ करोड अमेरिकी डलर (१ खर्ब ४३ अर्ब रुपैयाँ)मा किनेको सेयर न्यून मूल्यमा बिक्री भएको आशंका उब्जिरहेका बेला बिक्री भएको सेयरको इटरप्राइज भ्यालु ४० करोड अमेरिकी डलर रहेको एनसेलको दाबी छ।  

१ डलरको १ सय ३३ रुपैयाँ सटही दरले हिसाब गर्दा ५३ अर्ब २० करोड रुपैयाँ हुन्छ। एनसेलको सेयर खरिदबिक्री खुल्ला प्रतिस्पर्धाबाट भएको समेत दाबी गरेको छ।

आजियाटा रेनोल्ड्स होल्डिङ्समा रहेको सेयर नेपाली मूलका सेयरधनी सतिस लाल आचार्यले किनेका हुन्। थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई स्पेक्ट्रलाइट पहिलो भई छानिएर सेयर किनेको आचार्यले बताएका छन्।

सेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र बिक्रेतामार्फत निर्धारण गरेको एनसेलले जनाएको छ।

प्रकाशित: २१ मंसिर २०८० ०२:१९ बिहीबार

विदेशी लगानी निजी क्षेत्र दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेल सेयर खरिद बिक्री अपारदर्शी आजियटा स्पेक्ट्रलाइट युके