१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल ल्युब आयलद्वारा छात्रवृत्ति प्रदान

नेपाल ल्युब आयल लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चितवन रत्ननगरका दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

रत्ननगर १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एक वर्षको लागि आवश्यक शैक्षिक शुल्क र शैक्षिक सामग्री बापतको एक लाख १५ हजार तीन सय रूपैयाँ बराबरको चेक हस्तानान्तरण गरिएको हो।

रत्ननगरमै मेकानिकको रूपमा काम गर्ने सरस्वतीका श्रीमान् विक्रम चौधरीको २०७८ सालमा कोभिड महामारीका कारण मृत्यु भएको थियो।

कम्पनीका मार्केटिङ मेनेजर पूर्णिमा गौतम, चितवनका लागि नेपाल ल्युबको आधिकारिक बिक्रेता आशीर्वाद ट्रेडिङका सञ्चालक सुवास कँडेल, नेपाल अटो मेकानिकल एसोसिएसनका पूर्व अध्यक्ष ठाकुरप्रसाद न्यौपाने लगायतले संयुक्त रूपमा चौधरी परिवारलाई चेक हस्तानान्तरण गरेका छन्।

प्रकाशित: १७ मंसिर २०८० ००:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App