१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीसमक्ष ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ प्रतिवेदन

बृहत् राष्ट्रिय बिमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’ को प्रतिवेदन अर्थमन्त्री प्रकाशशरण महतसमक्ष पेस गरिएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सो प्रतिवेदन पेस गरिएको हो। कार्यक्रममा बैंकिङ समाचारका अध्यक्ष राजु ढुंगेलसहितको प्रतिनिधि, लाइफ इस्योरेन्स एसोसिएसनका उपाध्यक्ष एवम् नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र निर्जीवन बीमा एसोसिएसनका उपाध्यक्ष सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवारको सहभागिता रहेको थियो।

कार्यक्रममा अर्थमन्त्रीले बिमाक्षेत्रमा अझै पनि दाबी भुक्तानीमा समस्या हुँदा आममानिसहरूले खेप्नुपरेको समस्याबारे सम्बोधन गर्न अर्थ मन्त्रालय गम्भीर भएको बताए। उनले सोहीअनुरूप नियामक निकाय बिमा प्राधिकरणलाई निर्देशन गरिएको बताए। 

प्रकाशित: १३ मंसिर २०८० ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App