१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लक्ष्य विदेशी पाहुना

लक्ष्मण बराल उपाध्यक्ष, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)

पोखरामा हुने सडक महोत्सवमा आन्तरिक पाहुना कसरी भित्र्याउँदै हुनुहुन्छ ? 
पोखराको यो सडक महोत्सवमा आन्तरिक पाहुनाको निकै नै भीड लाग्छ । आन्तरिक पाहुनाकै आकर्षणका कारण पनि यो महोत्सव सबैभन्दा सफल मानिएको छ । मुलुककै सबैभन्दा ठूलो महोत्सव पनि यही सडक महोत्सव भएको छ । त्यसैले पनि हामीले महोत्सवमा जतिसक्दो बढी आन्तरिक पाहुना भित्र्याउन चाहन्छौं । सडक महोत्सवमा आन्तरिक पाहुना भित्र्याउने गरी हामीले सौराहा र भैरहवामा प्रवद्र्धनात्मक गतिविधि ग¥यौ । त्यहाँका पर्यटन व्यवसायीसहित उद्यमी, व्यापारीसँग भेटघाट गरेर हामीले त्यस क्षेत्र आसपासका पाहुनालाई पोखरा घुम्न आउन भन्दै निम्ता समेत गरेका छौं । 
काठमाडौंमा समेत पत्रकार सम्मेलन गरेर पाहुनालाई पोखरा आउन भनेका छौं । साथै पोस्टर, ब्यानर, सोसल मिडियामार्फत प्रचारप्रसार गरेर महोत्सवमा सहभागिताका लागि आव्हान गरेका छौं । पहिलोपटक अन्तर्राष्ट्रिय मिडियामार्फत पनि हामीले प्रचारप्रसार गरेका छौं । यसले तत्कालै पाहुना आउनेभन्दा पनि आगामी संस्करणमा पाहुना भित्रिन सहज पार्नेछ ।

जुन रुपमा सडक महोत्सवको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनुपर्ने हो, त्यो हुन सकेको छैन नि, किन ?
यसमा हाम्रो मात्र पहलले हुँदैन । हामीले स्वदेशमा मात्र नभई विदेशमा पनि प्रवद्र्धनका कार्यक्रम गर्नेबारे सोचेका त हौ । तर प्राविधिक कारणले सकेनौं । आन्तरिक रुपमा त गरेकै छौं । अन्तर्राष्ट्रिय क्षेत्रमा जान पर्यटन बोर्डले सहयोग गर्नुपर्छ । यसपटक नै हामीले प्रयास पनि गरेका हौं, तर केही समस्याका कारण सकेनौं । आगामी महोत्सवमा विदेशमा समेत प्रवद्र्धनात्मक अभियान चलाउने प्रयास हुनेछ । 

महोत्सव हुँदा विदेशी पाहुना अपेक्षित रुपमा आउन नसक्नुको कारण के देख्नुहुन्छ ? 
सडक महोत्सव नै भनेर यहाँ विदेशी आएका छैनन् । नयाँ वर्ष र क्रिसमस एकैपटक पर्ने हुनाले विदेशी पाहुनालाई सोचे अनुरुप हामीले पोखराको यो सडक महोत्सवमा आन्तरिक पाहुनाको निकै नै भीड लाग्छ । आन्तरिक पाहुनाकै आकर्षणका कारण पनि यो महोत्सव सबैभन्दा सफल मानिएको छ।

मुलुककै सबैभन्दा ठूलो महोत्सव पनि यही सडक महोत्सव भएको छ । त्यसैले पनि हामीले महोत्सवमा जतिसक्दो बढी आन्तरिक पाहुना भित्र्याउन चाहन्छौं । उन सकेका छैनौ । यसमा केही जटिलता पनि छन् । हामीले यो महोत्सव आयोजना गरिरहँदा पर्याप्त संख्यामा विदेशी पाहुना भित्र्याउने तथा उनीहरुको बसाइ अवधि लम्ब्याउने उद्देश्य लिएका हौं । तर सीमित रुपमा मात्र पाहुना आएका छन् । स्वदेशी पाहुनाको आगमनमा हामीले सुधार गरेका छौं । तर, विदेशी पाहुना अझै सोचेजति आएका छैनन् । तर उनीहरुलाई नेपाल भित्र्याउने हाम्रो पहल भने जारी नै छ।

विदेशी मिडिया प्रयोग गर्न सकेको खण्डमा छिटोभन्दा छिटो विदेशी पाहुना भित्र्याउन सकिन्छ । तर, सबै मुलुकमा विदेशी मिडिया प्रयोग गर्ने क्षमता छैन । प्रचारप्रासरकै कमी हो जस्तो लाग्छ । प्रचारप्रसार कमी हुँदा पाहुनाले थाहै पाएनन् । स्वदेशीमाझ भने यो महोत्सवको ब्रान्डिङ निकै नै भइसकेको छ। 

पोखरामा हुने सडक महोत्सव आकारमा मात्र ठूलो हो कि साच्चै नै वृहत हो ? 
पोखरामा भइरहेको यो महोत्सव मुलुककै सबैभन्दा ठूलो महोत्सव हो । भौगोलिक रुपमा पनि यसले अन्यत्रको भन्दा ठूलो आकार लिएको छ । त्यसैले १९ वर्षदेखि निरन्तर महोत्सव आयोजना भइरहेको छ । महोत्सवले निकै नै महत्व पाएको पनि छ । १९औं महोत्सव आयोजना गरिरहँदा हामीसँग धेरै चुनौती छन् । सुरुआतको हिसाबले हामीले अहिले निकै ठूलो परिवर्तन गरेका छौं । तीन किलोमिटरभन्दा बढी खुला क्षेत्रफलमा महोत्सव आयोजना गरेका छौं । नारामा भनिएजस्तै सबै कुरामा सफल भएजस्तो लाग्छ ।

आगामी दिनमा पनि पाहुनालाई आकर्षण कसरी गर्न सकिन्छ ?
विदेशीभन्दा पनि स्वदेशी पाहुना आउनुभएकै छ । पाहुना ल्याउनेभन्दा पनि व्यवस्थापन ठूलो कुरा हो । गतिलो व्यवस्थापन हुन्छ भने पाहुना भित्र्याउन उत्ति सारो गाह्रो हुँदैन । पाँच दिन अवधिको एकैखाले मेलामा करिब पाँच लाख पाहुना लेकसाइड आएका हुन्छन् । बाहिरबाट हेर्दा पनि यो आकारले वृहत रुप दिन्छ । आगामी दिनमा यसमा अझै आकर्षण थप्न सकिन्छ र त्यो जरुरी पनि छ ।

अहिले हामीले खाना, संस्कृति र संगीतलाई मुख्य आधार बनाएर पाहुनालाई तानेका छौं । अहिलेसम्म हामी अन्तर्राष्ट्रियस्तरको संगीतमा जान सकेका छैनौं । आशा छ, त्यसमा पनि हामी सफल हुनेछौं । भविष्यमा विदेशी कलाकारलाई नेपाल भित्र्याउन सकियो भने यो महोत्सवले अझै बढी विदेशी पाहुना तान्न सक्नेछ । अहिलेसम्म हामीले स्थानीय पाहुना पर्याप्त तानेका छौं । अब पालो विदेशीको छ । त्यसतर्फ पनि हाम्रो पहल जारी छ ।  

                                                                                                                                  प्रस्तुति ः विशन क्षेत्री

प्रकाशित: १३ पुस २०७४ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App