६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

हात्तीले टावर भाँचेपछि लोडसेडिङ

काठमाडौ– हात्तीले बिजुली प्रसारण टावर भाँचीदिएपछि पश्चिम नेपालका केही क्षेत्रहरुमा लोड सेडिङ भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रवार विज्ञप्ति जारी गरी बाँके जिल्लाको  कुसुम र कोहलपुरका बीच समशेरगञ्ज नजिक पर्ने १३२ के.भी. डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्‍याएका कारण विद्युत प्रसारण अबरोध भएको जानकारी दिएका छन् । 

विज्ञप्तिमा भनिएको छ, 'समशेरगञ्जको टावर नं. ४८५ क्षतिग्रस्त भएपश्‍चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेकोमा भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेकाले ती सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको व्यहोरा अनुरोध गर्दछौं।'

टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको प्राधिकरणले जनाएको छ । 

 

प्रकाशित: ७ पुस २०७४ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App