१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

भूकम्प पीडितलाई प्राइम बैंकको सहयोग

प्राइम कमर्सियल बैंकले भूकम्प पीडितहरूका लागि तत्काल राहत सहयोग गरेको छ।

बैंकले जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालय जाजरकोटले प्राप्त गर्ने गरी पाँच सय बोरा चामल, सय बोरा दाल, एक सय १० थान त्रिपाल र पाँच सय थान मण्डी नगरपालिकाको कार्यालय र छेडगाड नगरपालिका कर्कीगाउँलाई बुझाएको हो।

यसअघि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रूपैयाँ आर्थिक सहयोग बुझाइसकेको छ।

प्रकाशित: १ मंसिर २०८० ०३:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App