२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

थारुलाई यामाहाको तर्फबाट स्कोडा र्‌यापिड

काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’को बम्पर पुरस्कार विजेता घोषणा गरेको छ । भैरहवाका शिवराज थारुले लक्की ड्रमार्फत यामाहाको तर्फबाट ब्रान्ड न्यु स्कोडा र्‌यापिड जितेका हुन्। लक्की ड्रको प्रसारण यामाहा नेपालको आधिकारिक फेसबुक पेज र हिमालय टेलिभिजनको कार्यक्रम द इभिनिङ सो एट ६ मा गरिएको थियो।

लक्की ड्रमा एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य तथा यामाहा मोटरसाइकलका ब्रान्ड एम्बेसडर शरद भेषावकरको पनि उपस्थिति थियो । भेषावकरले दसैं योजना सुरु भएयता यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकको नाम राखिएको बक्सबाट शिवराज थारुको नाम निकालेका थिए । थारुले युरोपमा सबैभन्दा बढी रुचाइएको स्कोडा र्‌यापिड कार जितेका छन्। उनले भैरहवास्थित किस्मत अटोमोबाइल्सबाट यामाहा एफजी–एस एफआई स्पेसियल एडिसन खरिद गरेका थिए।

यामाहाको दसैं योजना भदौको दोस्रो साताबाट सुरु भएर कात्तिक मसान्तमा सकिएको थियो । यो योजनाअनुसार यामाहाका ग्राहकले सात हजार रुपैयाँ नगद छुट र साप्ताहिक लक्की ड्रमा एक लाख रुपैयाँसम्म जित्ने अवसर पाएका थिए । साथै, बम्पर पुरस्कारमा स्कोडा र्‌यापिड कार जित्ने मौका पाएका थिए।

यामाहाले सोमबार नै बम्पर पुरस्कारसँगै अन्तिम साप्ताहिक लक्की ड्रको समेत आयोजना गरेको छ । सो लक्की ड्रमा काठमाडौंका दिनेश पोखरेलले एक लाख रुपैयाँ जितेका छ । उहाँले त्रिपुरेश्वरस्थित यामाहा सोरुमबाट यामाहा एफजी एस एफआई खरिद गरेका थिए । उनीसहित ११ जनाले यामाहाको तर्फबाट एक–एक लाख रुपैयाँ जितेको एमएडब्लु इन्टरप्राइजेजको विज्ञप्तिमा उल्लेख छ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियन्टका बाइक र स्कुटर बिक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजिआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सिसी क्षमताको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो। छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन्। यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक  फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीको दाबी छ।

प्रकाशित: १२ मंसिर २०७४ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App