२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गल्फ लुब्रिकेन्टका नयाँ सोरुम उद्घाटन

इलाममा ‘चियाबारी–मीठो चियाको कथा’ नाटकको तयारी गर्दै कलाकार। तस्बिर : भीम/नागरिक

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले चैनपुर, संखुवासभा र बिर्तामोडमा कम्पनीका सोरुमहरूको उद्घाटन गरेको छ। कम्पनीले चैनपुरमा लक्की सप्लायर्स र झापामा साहारा कृषि अनुसन्धान तथा विकास कम्पनीलाई आफ्नो आधिकारक बिक्रेता तोकी नयाँ सोरुम उद्घाटन गरेको हो।

नेपालमा सर्वाधिक बिक्री हुँदै आएको गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने र ग्राहकलाई उच्च सेवा प्रदान गर्ने लक्ष्य अनुरूप नयाँ सोरुमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै विकट र निकट स्थानहरूमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालन गर्ने लक्ष्य राखेको पनि जनाएको छ।

प्रकाशित: १७ आश्विन २०८० ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App