२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बिवाइडीको ब्याट्रीको ‘नेला पेनिट्रेसन टेस्ट’

बिवाइडी अटो इन्डस्ट्री नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्न ‘नेल पेनिट्रेसन टेस्ट’ गरेको छ। विभिन्न सञ्चारगृहको उपस्थितिमा उक्त परीक्षण गरिएको थियो।

‘नेल पेनिट्रेसन टेस्ट’ ब्याट्री ताप वाहन क्षमता सम्बन्धी परीक्षण हो। यो सबैभन्दा कठिन परीक्षण विधि भएकाले त्यसलाई ब्याट्री परीक्षणको ‘माउण्ट एभरेष्ट’ पनि भनिन्छ।

बिवाइडीको टेक्नोलोजी पेटेन्ट गरिएको ‘ब्लेड ब्याट्री’ ले मात्र ‘नेल पेनिट्रेसन टेस्ट’ सफलतापूर्वक पास गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रतिकूल परिस्थितिहरूमा पनि सतहको ताप उल्लेखनीय रूपमा कम रहनुले ‘ब्लेड ब्याट्री’ को अतुलनीय सुरक्षा प्रणाली प्रमाणित गर्ने बताएको छ।

बिवाइडीको ब्लेड ब्याट्री वर्षौंदेखिको अथक अनुसन्धान र विकासको परिणाम भएको जनाउँदै कम्पनीले लिथियम आयन फोस्फेट ब्लक ब्याट्रीहरूको तुलनामा ब्लेड ब्याट्रीको अनुकूलित ब्याट्री प्याक संरचनाले ५० प्रतिशतभन्दा बढी ठाउँ उपयोग गर्नेछ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले विद्युतीय गाडी उद्योगको ब्याट्री सुरक्षा मान्यतामा बिवाइडीको ब्लेड ब्याट्रीको महत्व निकै रहेको उल्लेख गरे। उनले बिवाइडीको ब्लेड ब्याट्रीले सुरक्षालाई पुनः अगाडि ल्याएको र यस महत्वपूर्ण पक्षतर्फ सबैको ध्यानाकर्षण गर्न सफल भएको बताए।

प्रकाशित: १५ आश्विन २०८० ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App