९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी वाणिज्य बैंकमार्फत

हिमाल रेमिटको रेमिट्यान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ। विश्वका जुनसुकै देशमा रहेका आफन्तले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ। दूरदराजमा रहेका ग्राहकले पनि यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस सुविधाले ग्राहक तथा अन्य वैदेशिक रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई नेपालमा रेमिट्यान्स प्राप्त गर्न सहज हुने भएको बैंकको विश्वास छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हिमाल रेमिटका लागि प्रिन्सिपल एजेन्ट सिएफएस रेमिटबीच यसअघि भएको सम्झौतापत्रमा बैंकका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र प्रिन्सिपल एजेन्ट सिएफएस रेमिटका प्रमुख कार्यकारी अधिकृत बबी शर्माले हस्ताक्षर गरेका थिए।

प्रकाशित: १५ आश्विन २०८० ०२:५९ सोमबार

हिमाल रेमिट रेमिट्यान्स भुक्तानी वाणिज्य बैंकमार्फत