काठमाडौँ – अन्तर्राष्ट्रिय ब्राण्ड लुइस फिलिपले आफ्नो शोरुम ललितपुरको लबिम मल पसल नं. ००८ मा संचालन गर्ने भएको छ ।
१९८९ मा संचालनमा आएको यस ब्राण्डले पुरुषहरुको लागि आवश्यक पर्ने पोशाक, जुत्ता, बेल्ट लगायतका अन्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ । यो ब्राण्ड भारत लगायत अन्य मुलुकहरूमा अधिक रुचाइएको ब्राण्ड हो ।
यो शोरुम संचालनमा आए पश्चत ग्राहकहरूलाई आकर्षक डिजाइनका पोशाक, जुत्ता लगाएतका सामानहरू किन्न दरवारमार्ग, न्यूरोडसम्म जानुनपर्ने तथा आधुनिक डिजाइनका कपडाहरू सजिलै तथा सुलभ दररेटमा उपलब्ध हुने व्यवस्थापन पक्षको भनाई छ ।
प्रकाशित: २१ आश्विन २०७४ १४:३४ शनिबार