प्रभु क्यापिटल र गुहेश्वरी डेन्टल मल्टिस्पेसियालिटी एण्ड इम्प्लान्ट बीच सम्झौता गरेको छ। क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टल सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहेश्वरी डेन्टल मल्टिस्पेसियालिटी एण्ड इम्प्लान्ट हबसँग सम्झौता गरेको हो।
क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र गुहेश्वरी डेन्टलका तर्फबाट सञ्चालक दिपेश गोर्खालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात् क्यापिटलका ग्राहकले गुहेश्वरी डेन्टलमा सेवा लिदाँ १५ प्रतिशत छुट पाउनेछ।
उक्त योजनाबाट लाभ लिन हितग्राहीहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर गुहेश्वरी डेन्टललाई उपलब्ध गराउनुपर्नेछ।
उक्त अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट एक वर्षसम्म लिन सक्नेछन्।
प्रकाशित: ४ भाद्र २०८० ०३:३९ सोमबार