सिटिजन्स बैंक र रूपन्देहीको क्रिमसन अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।
प्रकाशित: २१ श्रावण २०८० ०२:०३ आइतबार