५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एनआईसी एसिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक

एनआईसी एसिया बैंकले क्युआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने विशेषता भएको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ।

 बैंकको क्युआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेन्टहरूले सेवाग्राहीबाट उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टका अतिरिक्त अब यो डिभाइस मार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन्।

बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ उक्त डिभाइसको सार्वजनिक गरेको जनाएको छ।

बैकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा उक्त डिभाइसमा ल्याएको हो। नेपाल पे क्युआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैंकले जनाएको छ। यस सेवाले समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी साबित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १४ श्रावण २०८० ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App