२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

होन्डाको सिटी ई-एचइभी बजारमा

होन्डाले हालै बजारमा सिटी ई-एचइभी सार्वजनिक गरेको छ। बजारमा सिटी ई-एचइभी होण्डाले यस पटक नयाँ हाइब्रिड भेरिएन्टमा ल्याएको हो।

अत्याधुनिक प्रविधियुक्त सिटी ई-एचइभीले नेपालको अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने कम्पनीको दाबी छ। उक्त भेरिएन्टमा द्रुत एक्लरेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका लागि नयाँ मापदण्डहरू सेट गरेको कम्पनीले जनाएको छ।

सवारी चालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको उल्लख गर्दै कम्पनीले गाडीमा जोडिएको वाइड-एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकलाई सचेत गराइ दुर्घटनाको जोखिम कम गर्न मदत पुर्‍याउँछ।

नवप्रवर्तन र प्राविधिक उत्कृष्टता प्रति सदा प्रतिवद्ध होन्डाले सिटी ई-एचइभीमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल लगायतका सुविधा समावेश गरेको जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८० ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App