६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

भाद्र १५ देखि भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरु हुने

इलेक्ट्रिक भेइकल म्यानुफ्‌याक्चर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा नेपाल ईभी एक्स्पो हुने भएको छ।

यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको हो।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता र १५० भन्दा धेरै ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकले जनाएका छन्।

एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ स्टेसन लगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएका छन्।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने आयोजकले जानकारी गराएका छन्।

पछिल्ला दिनहरुमा प्रायजसो ग्राहकहरुको रोजाइ विधुतिय सवारी नै हुने गरेको र आर्थिक मन्दी को अवस्थामा पनि विधुतिय सवारीहरु राम्रो सँग बिक्री भै रहेको एसोसिएसनका अध्यक्ष तथा एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटाले बताएका छन्।  

प्रकाशित: २ श्रावण २०८० ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App