१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं- भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।

ती जिल्लामा दुई वर्षसम्म निःशुल्क सेवा उपलब्ध गराउने गरी बिहीबार दुई निकायबीच सम्झौता भएको छ। उक्त योजना सम्पन्न गर्न लगभग २१ करोड १६ लाख रुपैयाँ लगानी हुने टेलिकमले जनाएको छ। उक्त जिल्लामा द्रुत गतिको इन्टरनेट पुर्‍याउन नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषमा रहेको रकम प्रयोग गर्नेछ।

सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्राधिकरणका तर्फबाट अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गरेका छन्। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा प्राधिकरण अध्यक्ष झाले, ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि सदुपयोग गर्दै भूकम्प प्रभावित जिल्लामा दु्रत गतिको इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमसँग उक्त सम्झौता गरिएको बताए। 'ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका आयोजनामा नेपाल टेलिकम सहभागी भएकोमा कम्पनीलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता आयोजना सञ्चालन गर्न कम्पनीको सहभागिता रहने झाले अपेक्षा गरे।

उक्त अवसरमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले प्राधिकरणले कम्पनीलाई विश्वास गरेर दोस्रो आयोजना कार्यान्वयन गर्न दिएकोमा धन्यवाद दिइन्। उनले उच्च प्राथमिकता दिएर समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

टेलिकमले उक्त चार जिल्लामा उपयुक्त माध्यमबाट इन्टरनेट पुर्‍याउने बताएको छ। राजभण्डारीले उक्त जिल्लामा विस्तृत अध्ययन भइसकेको र ती स्थानमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्समध्ये स्थानअनुसार जुन प्रविधिबाट सम्भव हुन्छ सोही प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराइने जानकारी गराइन्।

यस आयोजनाअन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्›, आयुर्वेद केन्›, वडा कार्यालय, गाउँपालिका र नगरपालिकाहरुमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ। साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ।

भूकम्पले अति प्रभावित चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थानमा, एक सय १८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्›मा सेवा उपलब्ध गराइने छ। त्यस्तै सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थानमा, ८२ वटा सरकारी तथा ससामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्›मा, नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा, ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्›मा र रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्› गरी जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराइने छ।

प्रकाशित: २२ वैशाख २०७४ ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App