२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकद्वारा इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग

एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका छन्। सहयोग रकमबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ। 

प्रकाशित: ३ असार २०८० ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App