१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सस्तो र सुरक्षित हाउजिङ अपार्टमेन्टको खोजी

काठमाडौं- नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा'  मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।

आमउपभोक्तामा पछिल्लो समय आधुनिक प्रविधिमैत्रिसँगै सुरक्षित आवासका लागि हाउजिङ तथा अपार्टमेन्टको आवश्यकता महसुस भएको छ। प्रविधिको विकास र व्यवस्थित सहरको परिकल्पनासँगै आएको स्याटलाइट सिटी, स्मार्ट सिटी, ग्रिन सिटीको अवधारणाले हाउजिङ अपार्टमेन्ट व्यवसायप्रति आकर्षण बढाएको छ। संयुक्त राष्ट्रसंघले समेत सन् २०३० भित्र आमनागरिकले स्वस्थ आवास पाउँनुपर्ने निर्णय गरिसकेका छन्। नेपाल सरकारले समेत एकीकृत बस्तीलाई थप प्रोत्साहन दिने भएका कारण हाउजिङ अपार्टमेन्टको बजार बिस्तारै उकालो लागेको नेपाल घरजग्गा तथा आवास संघका अध्यक्ष इच्छाराज तामाङले जानकारी दिए।

सांसदसमेत रहेका संघका अध्यक्ष तामाङले नेपालको इतिहासमा नै पहिलो पटक विभिन्न संघसंस्थाको सहकार्यमा छैठौं घरजग्गा मेलासँगै हाउजिङ समिट हुन लागेकाले पनि देशकै लागि ठूलो उपलब्धि भएको बताए। घरजग्गा कारोबार गर्नेभन्दा पनि सर्वसाधारणलाई समेत प्रत्यक्ष रुपमा लाभ हुनेगरी एकै ठाउँमा विज्ञ टोलीद्वारा भवन बनाउँदा आवश्यक परामर्श समेत दिने व्यवस्था गरिएको उनको भनाइ छ। मेलामा एक सय २० स्टल रहेका छन्। हरेक स्टलको फरक फरक ब्रान्ड र विशेषता रहेको पाइन्छ।

मेलामा व्यवस्थित सहर र वातावरणमैत्री आवास निर्माणसँगै उपभोक्तामाझ एकै ठाउँमा नविनतम उत्पादन पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकको भनाइ छ। उपभोक्ताले नेपाली रियल स्टेट व्यवसायको वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा जानकारी लिएर उपयुक्त अपार्टमेन्ट खरिद गर्न सकिने छ। शुक्रबारदेखि सुरु भएको मेला सोमबारसम्म चल्ने छ। कम्पनीले आफ्ना सेवा तथा उत्पादनको प्रदर्शनी,  भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादन तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनी सहभागी हुने संघले जनाएको छ।

मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वयर्स फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामान र बिमा, बैंकिङ तथा वास्तुकला जस्ता व्यवसायमा संलग्न व्यवसायीले आफ्ना उत्पादनहरु प्रदर्शनीमा राखेका छन्। काठमाडौं, भृकुटीमण्डपमा हुने उक्त मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा एफएनसिसिआई, एइए, स्कार्फ, सोना, रुपसान, अनहविटाटले सहकार्य गरेका छन्।

 

बक्समा........

मिनमान श्रेष्ठ

प्रबन्ध निर्देशक

डाउन टाउन हाउजिङ कम्पनी

डाउन टाउन हाउजिङ कम्पनी एक विश्वसनीय ब्रान्ड हो। हामीले रिङरोडको दुई किलोमिटरभित्र इमाडोलमा हाउजिङ निर्माण गरेका छौं। अहिले ६८ घर तयार भइसकेका छन्। यसमा आधुनिक प्रविधि, आवश्यक फर्निचर, मोडुलर किचन राखेका छौं। हेर्दा आकर्षक डिजाइनका साथै वातावरणमैत्री रहेको छ। भवन निर्माण गर्दा समेत मानवीय स्वास्थ्यलाई ख्याल गरी मेटरियल प्रयोग गरेका छौं। अपार्टमेन्टको मूल्य ४५ लाखदेखि माथि रहेको छ। मेलामा पनि विशेष छुट रहेको छ भने बुक गर्नेलाई पाँच प्रतिशत छुट राखेका छौं। डाउन टाउन कम्पनीको घर तथा अपार्टमेन्ट विशेषगरी आधुनिक तथा भौतिक पूर्वाधारले सम्पन्न छन्। सरकारले यसमा विभिन्न कर लगाउने गरेका छन्। यसलाई हटाउनुपर्छ।

 

पदम प्रसाई

सेल्स म्यानेजर

जगदम्बा स्टिल

जगदम्बा स्टिल मेलाको प्रमुख स्पोन्सर हो। हामीसँग सबै उपभोक्ताको विश्वास छ। यो विश्वास सदैव कायम राख्न चाहन्छौं। घर, भवन पुल, हाइड्रोपावर लगायतका भौतिक पूर्वाधार निर्माणमा जगदम्बा स्टिल सदैव अघि छ। यसैले हामी सदैव जनतासँग छौं। भर्खरै मात्र जगदम्बा स्टिलले राइनो पाँच सय डी बजारमा ल्याएको छ। उक्त छड तथा रड अत्याधुनिक भवन बनाउनुका साथै घर बनाउनका लागि गुणस्तरिय छ। यसअघि जगदम्बाले हई रड बिक्री गरिरहेको थियो। उक्त रड प्रतिकेजी ५८.८८ रुपैयाँ रहेको छ। जगदम्बाले आफ्नो स्टलमा भवन बनाउँदा आवश्यक परामर्श समेत दिइरहेको छ।

 

पुरुषोतम अधिकारी

एडमिन म्यानेजर

हिलटेक हाउजिङ कम्पनी

मेलामा हिलटेक कम्पनीका सामान बिक्रीका लागि राखेका छौं। भवन निर्माणका लागि आवश्यक पिबिई पाइप, सिपिभिसी पाइप, वाटर ट्यांकी, स्टिल ट्यांकी, गिजर राखेका छौं। हिलटेक एक पुरानो ब्रान्ड पनि हो। कम्पनीले पानीपोखरी र कालिकास्थानमा निर्माण गरेको अपार्टमेन्ट बिक्रीका लागि राखेका छौं। अन्य कम्पनीको अपार्टमेन्टभन्दा हिलेटेकको अपार्टमेन्ट अलि मंहगो छ तर सुविधा धेरै छन्। एक करोड ४२ लाखदेखि माथिको अपार्टमेन्ट रहेको छ। यस्तै, भिभिआइपीको तीन करोड रुपैयाँ मूल्य राखिएको छ।

 

मिबिका शाक्य

सिनियर मोर्केटिङ

क्लासिकल डेपलपरस कम्पनी

हाम्रो कम्पनीले सातदोबाटो हाइटमा साढे नौ रोपनी जग्गामा एक सय ६७ वटा अपार्टमेन्ट बनाएको छ। यसमा ५० प्रतिशत बुक भइसकेको छ। हामीले यही मेलाबाट मार्केटिङलाई प्रभावकारी रुपमा अघि बढाएका छौं। रेडी टु मुभको अवस्थामा छौं। आमनेपालीले अपार्टमेन्टमा नै बस्ने  मनस्थिति बनाइसकेको अवस्थामा हाम्रो कम्पनीले पनि नयाँ ढंगले मार्केटिङ गर्ने योजना बनाएका छ। हाम्रो उत्पादनलाई पनि विश्वसनीय बनाउँदै लगेका छौं। अन्य अपार्टमेन्टमा उपलब्ध सेवा सुविधाभन्दा बढी सुविधा दिने हाम्रो उद्देश्य छ।

प्रकाशित: २७ चैत्र २०७३ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App