२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई ब्लुबर्ड क्लिनिकमा छुट

सिटिजन्स बैंक र थापाथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिक बीच बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौता पश्चात् बैंकका कार्डबाहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने ध्येयले समय समयमा ग्राहकमैत्री योजना ल्याउने गरेको जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८० ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App