३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको १८३ औं शाखा सञ्चालनमा

 सिटिजन्स बैंकले काठमाडौंको काँडाघारीमा १८३ औं शाखा सञ्चालन गरेको छ। यससँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा३६ वटा पुगेका छन्।

बैंकका शाखाहरूमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पु¥याउँने लक्ष्य बैंकले राखेको छ। साथै सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले गरेकोे छ। 

प्रकाशित: १८ जेष्ठ २०८० ०२:३८ बिहीबार

सिटिजन्स बैंकको १८३ औं शाखा सञ्चालनमा