१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनचाँदी व्यवसायी महासंघले मनायो चौथो स्थापना दिवस

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो चौथो स्थापना विभिन्न कार्यक्रम गरी मनाएको छ। महासंघको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको स्थापना दिवस समारोहमा महासंघको स्थापनादेखि हालसम्म भएका विभिन्न गतिविधि बारे जानकारी दिइएको थियो।  

कार्यक्रममा महासंघका अध्यक्ष मोहककुमार सुनारले सुनचाँदी व्यवसायी महासंघको स्थापनादेखि हालसम्मको अवधिमा भएका विभिन्न गतिविधिबारे जानकारी गराएका हुन्। 

सुनचाँदीको अभावले व्यवसायीलाई समस्या भएको बताउँदै उक्त समस्या समाधानका लागि महासंघबाट निरन्तर पहल कदमी भरहेको उनले बताए। अध्यक्ष सुनारले सुनचाँदी व्यवसायमा परेका समस्या समाधान तथा शान्ति सुरक्षाको स्थितिमा सुधारका लागि महासंघ लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले पछिल्ला दिनमा व्यसायीहरुले धेरै किसिमका समस्या झेल्नु परेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन अहिलेदेखि नै सजग हुनुपर्ने बताए। व्यवसायीहरुलाई अनावश्यकरुपमा दुःख दिइने गरेको उल्लेख गर्दै उनले यस्ता क्रियाकलाप तत्काल अन्त्य हुनुपर्ने बताए।  

कार्यक्रममा महासंघका महासचिव धर्मशुन्दर बज्राचार्य तथा कोषाध्यक्ष महेन्द्ररत्न शाक्यले महासंघको विभिन्न गतिविधिबार जानकारी गराए।  

स्थापना दिवस समारोहमा महासंघका विशिष्ट सदस्य तेजरत्न शाक्यले व्यवसायीहरु बीचको एकतामा जोड दिए। उनले २०४४ सालमा संघको रुपमा स्थापना भएको संस्था २०६९ मा महासंघमा परिणत हुँदै आजको दिनमा आइपुग्दा धेरै परिवर्तन भैसकेको उल्लेख गर्दै महासंघलाई शसक्त र प्रभावकारी बनाउँदै अगाडि बढाउनुपर्ने खाँचो औंल्याए।  

महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदी सम्बन्धी निर्देशिका निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेको उल्लेख गर्दै छिट्टै त्यसलाई निश्कर्षमा पु¥याउनुपर्ने खाँचो औंल्याए।   

कार्यक्रममा महासंघका उपाध्यक्षहरु ज्ञानुराजा शाक्य, अर्जुन रसाइली, मोहनकाजी शाक्य, प्रेमकुमार सुनार, दीयशरत्न शाक्य लगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

 

प्रकाशित: २० फाल्गुन २०७३ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App