२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डाबरले नेपालमा साढे ९ अर्ब लगानी थप्दै

डाबर नेपाल प्रालिले नेपालमा करिब साढे ९ अर्ब रूपैयाँ लगानी थप्ने भएको छ। कम्पनीले उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि थप ९ अर्ब ६८ करोड रूपैयाँ भित्र्याउन लागेको हो।

लगानी बोर्ड नेपाल र बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिबीच निजी लगानी अवधारणामा क्षमता अभिवृद्धि तथा वस्तु विविधिकरण परियोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न पुनर्लगानीका रूपमा लगानी हुने परियोजनाको समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको हो।

डाबर नेपाल प्रालिले नेपालमा करिब साढे ९ अर्ब रूपैयाँ लगानी थप्ने भएको छ। कम्पनीले उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि थप ९ अर्ब ६८ करोड रूपैयाँ भित्र्याउन लागेको हो।

डाबरले नेपालले दन्तमञ्जन, चेवनप्रास, मह, स्याम्पू, तेल, ओडोमस क्रिम लगायतका विभिन्न घरायसी सामग्री उत्पादन गर्दै आएको छ।

लगानी बोर्डको कार्यालयमा बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डाबर नेपाल प्रालिका तर्फबाट विजनेस हेड हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि लगानी बोर्डको ४९ औं बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो। डाबर नेपाल प्रालिले पेस गरेका क्षमता अभिवृद्धि र उत्पादन विविधकरण सम्बन्धी परियोजना प्रस्ताव ९ अर्ब ६८ करोड रूपैयाँको थप लगानी गर्न लागेको हो। डाबर नेपाल प्रालिका विजनेस हेड वेदीले नेपालमा आर्जित पुँजीको केही हिस्सा उद्योगको क्षमता विस्तार र पुँजी वृद्धिमा लगानी गर्न पाएकोमा खुसी व्यक्त गरे।

उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि लगानी बोर्डको ४९ औं बैठकले २०७८ माघ २५ मा सम्पन्न बैठकले लगानी स्वीकृत गरेको थियो।

त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले डाबर नेपाल प्रालिका तर्फबाट हुने पुनर्लगानीले लगानीकर्ताको नेपालप्रतिको विश्वास, भरोसा र व्यवसाय विस्तारको प्रचुर सम्भावनालाई उजागर गरेको बताए।

आपूर्ति मन्त्री रिजालले डाबर नेपालको पुनर्लगानीले लगानीकर्तामाझ ठूलो सन्देश प्रवाह हुने भन्दै नेपालमा लगानी गर्न चासो राख्ने विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेका लगानीकर्ताबाटै सुन्न र यहाँ सञ्चालित व्यवसाय हेरेर निर्णय लिनसक्ने बताए।

प्रकाशित: १५ वैशाख २०८० ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App