१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

‘आरबीबी र एनआईडीसीको मर्ज प्रस्ताव मन्त्रिपरिषद्मा लगिने’

काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमबीच मर्जर(गाभिने) विषयको निर्णय अबको मन्त्रिपरिषद बैठकमा लाने बताएका छन्। 

‘मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरीसकें,’ मन्त्री महराले भने, ‘अबको मन्त्रिपरिषद् वैठकमा उक्त प्रस्ताव प्रस्तुत हुन्छ।’ सोमबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५२ औं वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराए।

उपप्रधानमन्त्री महराले उक्त दुबै बैंक सरकारको पूर्ण स्वामित्वको भएको नाताले आधारभूत तहका जनता, ग्रामीण क्षेत्र र उत्पादनमूलक क्षेत्रमा बैंकिङ् सेवा पु¥याउने सरकारको दायित्व पूरा गर्न वाणिज्य वैंकले विशेष ध्यान दिनुपर्ने बताए।
यी दुई सरकारी वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सरकारले सार्वजनिक गरेको थियो ।

अर्थमन्त्री महराले बैंक तथा वित्तीय संस्था बढी मात्रामा सहर र बजारमुखी हुँदा ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न चुनौती थपिएको बताए। 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताले बैंकमा सङ्कलन गरेका निक्षेपलाई जथाभावी लगानी गर्ने र लगानी गरेको देखाइ नाफा बढी खोज्ने बैंक तथा वित्तीय संस्थालाई कारबाहीको दायरामा ल्याउने बताए।

बैंकहरूले साधारण जनताका निक्षेपलाई कम र संस्थागत निक्षेपलाई बढी प्राथमिकतामा राख्ने प्रवृत्तिलाई अन्त्य गरिनु जरुरी छ,' उनले भने, 'वित्तीय सन्तुलनका लागि केन्द्रीय बैंकले आफ्नो भूमिका निर्वाह गरिराखेको छ,'

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकमा बैंकमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुस मसान्तसम्म कुल निक्षेप रु एक खर्ब ३८ अर्ब र कर्जा रु ९३ अर्ब ४८ करोड पुगेको बताए। उक्त अवधिमा करिब रु एक अर्ब ३० करोड खुद मुनाफा भएको उनले जानकारी दिए।

प्रकाशित: १० माघ २०७३ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App