५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मुखर्जीका लागि जनकपुर—पोखराको सिधा उडान

भारतीय राष्ट्रपति मुखर्जी जनकपुरबाट बुद्ध एयरको जहाजमा पोखरा प्रस्थान गर्दै

काठमाडौं— भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरको कार्यक्रम समापन गरेर पोखराका लागि प्रस्थान गरेका छन्। बुद्ध एयरको जहाजबाट उनी सिधै पोखरातर्फ लागेका हुन्।
उनी चढेको बुद्ध एयरको जहाज काठमाठौंमा नरोकिई सिधै पोखरा पुग्नेछ। अरुबेला नियमित उडान नहुने जनकपुर– पोखरा रुटमा बुद्धका उडान सुरक्षा विभाग निर्देशक तथा प्रशिक्षक पाइलट रञ्जन शर्मा र एटिआर चिफ पाइलट सुनिल गुरुङले विमान उडाइरहेका छन्।

 त्रिभुवन विमानस्थलका अनुसार जनकपुरबाट पोखराको उडान अवधि एक घन्टा हुनेछ। पोखरा भ्रमणपछि उक्त टोली दिउँसो ४ बजे काठमाडौंका लागि उड्नेछ। त्रिभुवन विमानस्थलमा साढे ४ बजे ओर्लिनेछ।

 त्रिभुवन विमानस्थलका अनुसार जनकपुरबाट पोखराको उडान अवधि एक घन्टा हुनेछ। पोखरा भ्रमणपछि उक्त टोली दिउँसो ४ बजे काठमाडौंका लागि उड्नेछ। त्रिभुवन विमानस्थलमा साढे ४ बजे ओर्लिनेछ।

‘काठमाडौंस्थित भारतीय दूतावास र दिल्लीबाट आएको सुरक्षा अधिकारीको टोलीले मुखर्जीको आन्तरिक उडानका लागि १० दिनअघि नै बुद्ध एयरको जहाज छनोट गरेको थियो,’ सम्बद्ध स्रोतले भन्यो।

स्रोतका अनुसार जनकपुर र पोखरा जान सुरुमा नेपाली सेनाको जहाज र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज प्रयोग गर्ने भनिएको थियो। तर, सेनासँग अतिविशिष्ट उडानका लागि जहाज नभएको र निगमको चिनियाँ जहाज वा अन्य साना जहाजको ‘भर’ नभएपछि निजी क्षेत्रको विश्वसनीय वायुसेवा बुद्ध एयरको जहाज प्रयोग गर्ने निर्णय भएको थियो।

राष्ट्रपति मुखर्जी पोखराबाट फर्केर दिउँसो साढे ४ बजे काठमाडौं ओर्लिएपछि साँझ ५ बजे भारतीय हवाई सेनाको ‘बि७३७’ सिरिजको जहाजबाट भारत फर्कने छन्। यो जहाजमा मुखर्जी र उनको टोली गत बुधबार काठमाडौं आएको थियो। जहाज तीन दिनदेखि त्रिभुवन विमानस्थलको पार्किङमा छ। यो जहाजको ल्यान्डिङ, पार्किङ, नेभिगेसनल लगायत अन्य शुल्क सबै निःशुल्क गरिएको विमानस्थलले जनाएको छ।
 
 

प्रकाशित: १९ कार्तिक २०७३ ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App