१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सको शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय जनकपुर र इटहरीबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान जीवनदान भन्ने नारा आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

फागुन १८ गतेबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरूमा बाँकी शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका सञ्चालन विभाग प्रमुख चुडामणि खनालले जानकारी दिएका छन्।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरू मार्फत कारोबार गर्दै आएको छ।

प्रकाशित: १९ फाल्गुन २०७९ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App