२ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा सहयोग हस्तान्तरण

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोग गरेका छन्।

बैंकको बसुन्धरा शाखाद्वारा तारकेश्वर नगरपालिका वडा ९ अवस्थित मनमैजु महिला विद्यालयलाई टेबुल तथा कुर्सी हस्तान्तरण गरेकोे छ। कक्षा १ देखि ६ सम्मका विद्यार्थीलाई अध्यापन गराइरहेको विद्यालयले कक्षा थप गर्न लागेको र विद्यार्थीको संख्या पनि बढ्दै गएकाले विद्यालयको भौतिक व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको जनाएको छ।

त्यसैगरी बैंकको विजयपुर शाखाद्वारा पोखरा उपमहानगरपालिका वडानम्बर २६ अवस्थित कडेनी प्रगतिटोल विकास संस्थालाई डस्टविन तथा कुर्सी हस्तान्तरण गरेको छ। बैंकले टोल वरपरको फोहोर संकलन तथा व्यवस्थापनको लागि डस्टविन र संस्थाको कार्यालय प्रयोजनार्थ कुर्सी प्रदान गरेको बताएको छ।  

प्रकाशित: १० फाल्गुन २०७९ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App